काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि १२३ योग्य ठहर गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८०१ बमोजिम कम्पनीहरुलाई योग्य ठहर गरेको हो ।
सूचीमा वाणिज्य बैंक र विकास बैंकहरू लगायत फाइनान्स, लघुवित्त, बीमा, जलविद्युत र अन्य समूहका कम्पनीहरू रहेका छन् ।
मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा ४६ वटा लघुवित्त र फाइनान्स कम्पनीहरू, जीवन बीमा र निर्जीवन बीमा समूहका २२ कम्पनी र जलविद्युत समूहका २८ कम्पनीहरू पनि सूचीमा अटाएका छन्। होटल र अन्य समूहका कम्पनीहरू पनि मार्जिन कारोबारका लागि योग्य भएका छन्।












प्रतिक्रिया