काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । उक्त मूल्य बिहीबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६७६.४ अमेरिकी डलर र चाँदी ७२.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया