काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कुल ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयरहरु १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार नेप्से ५.८२ अंकले बढेर २७८२.१८ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँमा पुगेको थियो ।
आइतबारको कारोबारमा ७ कम्पनीको सेयर मूल्य बढेको छ भने २६१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो पावर, रिग्दे लाइन इनर्जी, होटल फरेष्ट इन र सुपर खुदी हाइड्रो रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा नारायणी डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । आइतबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, भुगोल इनर्जी, गार्डियन माइक्रो फाइफ इन्स्यारेन्स र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।
आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा हिमालयन रिइन्स्योरेन्स रहेको छ । हिमालयन रिइन्स्योरेन्सकोे ५८ करोड २८ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच हुँदा शिभम् सिमेन्ट ४५ करोड २५ लाख ९६ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा ङादी ग्रुप पावर कम्पनी रहेको छ भने चौथो स्थानमा नेश्नल हाइड्रोपावर र पाँचौ स्थानमा एनआरएन इन्फ्राइस्टक्चर रहेको छ ।
आइतबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट सुधार आएको छ । बिहीबार ४७ खर्ब ३० अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण आइतबार ४५ खर्ब ५० अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १ खर्ब ८० अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया