अन्डाको मूल्यमा वृद्धि, प्रतिक्रेट कति पुग्यो ?


काठमाडौँ । अन्डाको मूल्य पुनः बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आइतबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो ।

नयाँ मूल्यसूची अनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको छ ।

संघका अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ कायम भएको छ, जुन पहिले ४६० मा बिक्री भएको थियो ।

त्यसैगरी ४३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अन्डाको मूल्य ४५० पुगेको छ भने ३८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य ४०० तोकिएको छ ।

संघका अनुसार किसानसँगको निरन्तर छलफल र कार्यसमितिको निर्णय बमोजिम बजार स्थिर राख्न र किसानको बढ्दो उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गर्नुपरेको हो ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको यो मूल्य फार्मबाट खरिद गर्दाको हो । संघले जारी गरेको सूचनामा चितवनबाट देशका अन्य सहरका डिपोमा अन्डा पुर्याउँदा भाडा, कार्टुन र क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।