‘सार्क डिजिटल कमन करेन्सी’ को सन्दर्भमा अध्ययन हुने

0
Shares

सार्क राष्ट्रहरुको ‘कमन डिजिटल करेन्सी’ को विषयमा आगामी वर्ष अध्ययन हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘कमन करेन्सी’ सुरु गर्नु भन्दा अघि अध्ययन गर्न सुझाए अनुसार आगामी वर्ष संयुक्त रुपमा अनुसन्धान हुने भएको हो ।

सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भएको ४० औ बैंठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क फाइनान्स स्तरबाट ‘डिजिटल कमन करेन्सी’ अबलम्बन गर्न सार्क फाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा राखेका थिए । सार्क राष्ट्रका गभर्नरहरुले ४१ बैठकले ‘कमन डिजिटल करेन्सी’ प्रयोगमा ल्याउने सन्दर्भमा आगामी वर्ष संयुक्त रुपमा अध्ययन गर्ने निर्णय नै गरेको हो ।

बैठकमा सहभागी गभर्नर अधिकारीले माइक्रो सर्भिलेन्स इण्डिकेटरको विषयमा प्रस्तुती दिएका थिए । साथै उनले कोभिड–१९ विरुद्धको खोपको अन्वेषणमा संलग्न वैज्ञानिक, चिकित्सक र खोप उपलब्धताको निम्ति भारत सरकारलाई धन्यवाद दिए । गत मंगलबार सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङ र मंगलबार सार्क फाइनान्स गभर्नर सिम्पोसियम भएको थियो ।

कार्यक्रममा भारतीय रिजर्भ बैंकले सार्कफाइनान्सको अध्यक्षता अप्रिल १, २०२१ देखि लागु हुने गरी माल्दीभ्स मनीटरी अथोरिटी लाई हस्तान्तरण गरेको छ । यसभन्द अघि सार्क फाइनान्सको अध्यक्षता भारतीय रिजर्भ बैंकले गर्दै आएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।