सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? हेर्नुस् ३०० रुपैयाँभन्दा कम मूल्य भएका कम्पनीहरू


काठमाडौँ । धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताहरूको ध्यान कम मूल्य भएका कम्पनीहरूतर्फ विशेष रूपमा आकर्षित भएको देखिन्छ । नेपाल स्टक एक्सचेन्जको पछिल्लो तथ्याङ्क अनुसार बजारमा थुप्रै स्थापित कम्पनीहरूको सेयर मूल्य प्रति कित्ता ३०० रुपैयाँभन्दा तल रहेको छ ।

यसले साना तथा नयाँ लगानीकर्ताहरूका लागि लगानीको नयाँ ढोका खोलेको छ । विशेषगरी जलविद्युत र वाणिज्य बैंक समूहका कम्पनीहरूको मूल्य निकै सस्तो विन्दुमा रहेको नेप्सेले जनाएको छ ।

जलविद्युत क्षेत्रका कम्पनीहरूको सेयर मूल्य हेर्दा धेरैजसोको मूल्य आकर्षक देखिएको छ । मोदी इनर्जीको सेयर मूल्य प्रति कित्ता २७८ रुपैयाँ २० पैसा कायम भएको छ भने अरुण भ्याली हाइड्रोपावरको प्रतिकित्ता सेयर मूल्य २९३ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै अरुण काबेली पावरको सेयर मूलय २८२ रुपैयाँ, बलेफी हाइड्रोपावरको २३० रुपैयाँ ४० पैसा र छ्याङ्दी हाइड्रोपावरको २६९ रुपैयाँ मूल्य कायम भएको छ ।

यसैगरी दोर्दी खोला जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य २९३ रुपैयाँ ५० पैसा, घलेम्दी हाइड्रोको २५४ रुपैयाँ, ग्रिन लाइफ हाइड्रोपावरको २८६ रुपैयाँ ५० पैसा र हिमाल दोलखा हाइड्रोपावरको २३५ रुपैयाँ मूल्य रहेको छ ।

हाइड्रोपावर इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २८२ रुपैयाँ, हिमालयन ऊर्जा विकास कम्पनीको २८४ रुपैयाँ ९० पैसा, जोशी हाइड्रोपावरको २९५ रुपैयाँ, खानीखोला हाइड्रोपावरको २७८ रुपैयाँ, लिबर्टी इनर्जीको २४० रुपैयाँ, मध्य भोटेकोशी जलविद्युत कम्पनीको २७९ रुपैयाँ ३० पैसा, माउन्टेन हाइड्रो नेपालको २८० रुपैयाँ ४० पैसा, रसुवागढी हाइड्रोपावरको २९२ रुपैयाँ र माथिल्लो तामाकोशी हाइड्रोपावरको मूल्य २१७ रुपैयाँ कायम भएको नेप्सेको बिहीबारको तथ्यांकमा उल्लेख गरिएको छ ।

बैंकिङ क्षेत्रतर्फ पनि अधिकांश ठूला वाणिज्य बैंकहरूको सेयर मूल्य निकै सस्तो रहेको छ । माछापुच्छ्रे बैंकको प्रतिकित्ता सेयर मूल्य २५६ रुपैयाँ रहेको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको प्रतिकित्ता सेयर मूल्य २१४ रुपैयाँ १० पैसा कायम भएको छ ।

ग्लोबल आइएमई बैंकको प्रति कित्ता मूल्य २४० रुपैयाँमा कारोबार भइरहँदा हिमालयन बैंकको सेयर मूल्य २११ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै कुमारी बैंकको २३२ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २२० रुपैयाँ र सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको सेयर मूल्य २८२ रुपैयाँ १० पैसा मूल्य रहेको छ ।

अन्य बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २१० रुपैयाँ, एनएमबि बैंकको २५१ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २५० रुपैयाँ र प्रभु बैंकको २११ रुपैयाँमा सेयर किनबेच भइरहेको छ । साथै पूर्वाधार विकासका लागि स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य २७१ रुपैयाँ ४० पैसा रहेको विवरणमा उल्लेख गरिएको छ ।

यसरी समग्र बजारलाई हेर्दा विभिन्न जलविद्युत र वित्तीय क्षेत्रका कम्पनीहरूको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम हुँदा लगानीकर्ताहरूलाई आफ्नो पुँजी सही रूपमा परिचालन गर्न सहज वातावरण सिर्जना भएको छ । कम्पनीहरूको यस्तो न्यून मूल्यले आगामी दिनमा लगानीकर्ताहरू बजारप्रति आकर्षित हुने र बजारमा नयाँ चहलपहल ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार  ०८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।