काठमाडौँ । बुधबार सुनको भाउ तीन लाख नाघेको छ । चैत महिना लागेसँगै तीन लाख तल झरेको सुनको भाउ एक महिनापछि फेरी ३ लाख माथि नाघेको हो ।
आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेर तीन लाख माथि नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा १५५ रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८२५.२३ अमेरिकी डलर र चाँदी ७९.८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया