काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । आज सुनसँगै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७८८.४५ अमेरिकी डलर र चाँदी ७९.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया