चलचित्र ‘राम नाम सत्य’ को कमाई २ करोड नाघ्यो


काठमाडौँ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यकाे कमाई २ करोड नाघेको छ । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र राम नाम सत्य र पहाडको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार गत चैत २७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र राम नाम सत्यले ९७ हजार २०५ वटा टिकट बिक्री गर्दै २ करोड ७८ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको हो ।

नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्ममा बिराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की लगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन माइकल चन्दले निर्देशन गरेका हुन् ।

त्यसैगरी, नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पहाड’ले १४ हजार ३१८ वटा टिकटबाट ४६ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपीन कार्की, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्रलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  ०९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।