सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि


काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ अंकमा पुगेको हो ।

बुधबार कारोबारमा आएका ३४२ कम्पनीका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयरहरू १ लाख २१ हजार ४३३ पटक किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से १७.९१ अंकले घटेर २८०७.३१ अंकमा झर्दा कारोबार रकम ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४२.७३ अंकले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूह २९.८० अंकले, फाइनान्स १४.१३, बैंकिङ समूह १.९१ अंकले र लगानी समूह ०.१० अंकले बढेको छ भने अन्य उपसमूहहरु घटेका छन् ।
बुधबारको कारोबारमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।

यता, होटल फरेष्ट इनको सेयर मूल्य १०७५ प्रतिशतले घटेको छ । त्यस्तै, एशियन हाइड्रोपावरको ८.३८ प्रतिशतले, कर्पोरेट डेभलपमेन्ट बैंक ७.८४ प्रतिशतले, सुपर खुदी हाइड्रोपावर ७.७८ प्रतिशतले र मुक्तिनाथ म्यूचुअल फण्ड ४.४० प्रतिशले घटेको हो ।

बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा नेश्नल हाइड्रोपावर रहेको छ । नेश्नल हाइड्रोपावरको ४१ करोड ३४ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स ३२ करोड ७८ लाख ६१ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । सोलु हाइड्रोपावरको ३१ करोड ६९ लाख ४९ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, होटल फरेष्ट इनको २८ करोड ५९ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा एसवाई प्यानलको २६ करोड ८९ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।