महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा नियुक्त

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् ।

महालक्ष्मी विकास बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा २५ वर्षदेखि सक्रिय देवकोटालाई सीईओ चयन गरेको हो ।

महालक्ष्मीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर आउने सुनिश्चित भएसँगे उनले दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए । सिटिजन्स बैंकमा स्थापनाकालदेखि नै आवद्ध रहेका देवकोटा २०७६ बैशाख १ गतेदेखि सिटिजन्समा डेपुटी सीईओको रुपमा कार्यरत थिए । सिटिजन्सअघि उनी नेपाल बैंकमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा २५ वर्षदेखि सक्रिय सीईओ देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १ चैत २०७७, आइतबार  १६ : १० बजे