एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट


काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा कुल २७ लाख २७ हजार ११७ जनाले दुई करोड ९८ लाख ५१ हजार ३८० कित्ता शेयरको लागि आवेदन दिएका थिए ।

मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ७८ हजार २० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

कम्पनीले गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण सेयरधनीहरुका लागि निष्काशन गरेको थियो।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।