सुनको मूल्यमा वृद्धि, तोलामा ३ लाख नाघ्यो


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेसँगै ३ लाख नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा ५० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७२४.३१ अमेरिकी डलर र चाँदी ७६.४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।