प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढ्यो, आर्थिक वृद्धिदर कति ?


काठमाडौँ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षको अन्त्यमा २ हजार ४४ अमेरिकी डलर कायम हुने भएको हो । गत आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ९९४ अमेरिकी डलर थियो ।

यता, चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भएको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २०८२/८३ मा पनि १ हजार ५३५ अमेरिकी डलर नै कायम रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढेको छ ।

त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय सामान्य घटेको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय गत आर्थिक वर्षमा १ हजार ५१६ अमेरिकी डलर रहेकोमा यो आर्थिक वर्षमा १ हजार ५१३ अमेरिकी डलर रहने भएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।