सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट


काठमाडौँ । सेयर बजार परिसुकमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २५.८१ अंकले बढेर २७४४.४५ विन्दुमा पुगेको हो ।

कारोबारमा आएका ३५१ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयरहरू १ लाख ४ हजार ५ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार आएकामध्ये ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा २३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकोमा ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार नेप्से २६.१६ अंकले घट्दा कारोबार रकम ६ अर्ब ५३ करोड १७ लाख २३ हजार रुपैयाँ कायम भएको थियो ।

बुधबार कर्पाेरेट विकास बैंकको सेयर मूल्य १३.८१ प्रतिशतले बढ्दा नेपाल लाइफ समृद्धि लगानी योजनाको सेयर मूल्य ३.८७ प्रतिशतले, १२ प्रतिशत आईसीएफसी फाइनान्स २०८३ को डिभेन्चर मूल्य ३ प्रतिशत, एनआईसी एसिया ग्रथ फण्ड २ को इकाई मूल्य २.९५ प्रतिशतले र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.६६ प्रतिशतले बढेको छ ।

यता, १० प्रतिशत केबीएल २०९० को डिभेन्चर मूल्य ११.४६ प्रतिशतले घटेको छ । शिखर पावरको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको बजारमा पाल्पा सिमेन्टको सेयर मूल्य ७.७९ प्रतिशत, त्रिशुली जलविद्युत आयोजनाको सेयर मूल्य ६.९८ प्रतिशत र झापा इनर्जीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा रिलाइन्स स्पिनिङ मिल्स २४ करोड १९ लाख ६३ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ११ लाख ४९ हजार ७८९ इकाईको कारोबार सहित प्रभु स्मार्ट फण्ड अग्रस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा पाल्पा सिमेन्ट १९ हजार ४४३ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

बुधबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४६ खर्ब ८० अर्ब ८० करोड ४३ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४७ खर्ब २४ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।