नर्भिक इन्टरनेशनल हस्पिटलले बुक बिल्डिङ्ग विधिबाट सेयर जारी गर्न लगानीकर्तासँग माग्यो आशयपत्र


काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज बुक बिल्डिङ्ग विधिबाट साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

हस्पिटलले जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो।

जसको लागि हस्पिटलले योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ्ग निर्देशिका बमोजिम गोप्य शिलबन्दी आशयपत्र बुझाउन भनेको छ । वैशाख २१ गते, साँझ ५ बजेभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिंहदरबार प्लाजा, काठमाडौंमा आशयपत्र बुझाउनुपर्ने छ ।

आशयपत्र २०८३ साल वैशाख २२ गते, साँझ ५ बजे (नेप्सेको कार्यालयमा) खोलिने पनि कम्पनीले जनाएको छ । नर्भिक हस्पिटलको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।