सुनको मूल्य लगातार ओरालो यात्रामा


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले र चाँदी तोलामा १०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ९४५ रुपैयाँ कायम भएको छ । बुधबार यो मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ रहेको थियो।

यस्तै बिहीबार चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १२४ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम चाँदी ४ हजार २१४ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।