चालु आर्थिक वर्षको ७ महिनामा धितोपत्र बजारमा दुई खर्ब ९ अर्बको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ७ महिनाको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेन्चर र अन्य गरी कुल २ खर्ब ९ अर्ब ४४ करोड बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
यस अवधिमा बोनस शेयर मात्रै १३ अर्ब ७१ करोड बराबरको सूचीकृत भएको छ ।
यसैगरी ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा २ अर्ब ७१ करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड, १ खर्ब ५० बराबरको विकास ऋणपत्र, ७ अर्ब बराबरको डिबेञ्चर गरी कुल २ खर्ब ९ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७२.१ प्रतिशत रहेको छ । जलविद्युत कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.२ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्चेञ्जमा माघसम्ममा सम्ममा सूचीकृत ५ अर्ब ४० करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
माघसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २१६ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ३७ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।
- साढे २५ अर्बको धितोपत्र निष्काशन गर्न अनुमति
समिक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले साढे २५ अर्ब ३ करोड रुपैयाँको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले साधारण शेयर, हकप्रद, डिबेञ्चर र म्युचअल फण्डको इकाई गरी सो रकम बराबरको धितोपत्र जारी गर्न अनुमति दिएको हो ।
यस अवधिमा १० अर्ब ९३ करोड बराबरको साधारण शेयर, १० करोड ६४ लाख बराबरको डिबेञ्चर, १ अर्ब ९६ करोड बराबरको हकप्रद शेयर र १ अर्ब ५० करोड बराबरको म्युचअल फण्डको इकाई गरी कुल २५अर्ब ३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया