मेरो माइक्रोफाइनान्सको ६ लाख कित्ता संस्थापक शेयर लिलामीमा

0
Shares

मेरो  माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (MEROPO) को ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक समूहको शयर बिक्रीमा आएको छ ।

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर चैत ४ देखि आगामी बैशाख ७ गतेसम्म लिलामी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक लघुवित्तका संस्थापक शेयरधनीहरू वा अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले प्रतिकित्ता न्यूनतम मूल्य ४३७ रूपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा आवेदन गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी बिक्रीमा राखिएको सम्पूर्ण कित्ता खरीदका लागि लागि आवेदन दिन सक्नेछन् । तर नियमनकारी निकायबाट तोकिएका सीमाभन्दा बढी नहुनेगरी र खण्डित नहुनेगरी आवेदन गनुपर्नेछ ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।