लामिनारको ‘जर्मसेफ’ एन्टिब्याक्टेरियल टायल सार्वजनिक


काठमाडौँ । नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने अग्रणी कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृङ्खला ‘जर्मसेफ सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ को अवसरमा यो नयाँ प्रविधि सार्वजनिक गरिएको हो।

जर्मसेफ टायल नेपाल गुणस्तर अन्तर्गत पूर्ण भिट्रिफाइड वर्ग मा उत्पादन गरिएको हो, जसको जलअवशोषण वा सोभन्दा कम रहेको छ। यस प्रकारको घना र छिद्रमुक्त बनावटले सूक्ष्मजीवहरूलाई फैलिन र टिक्न संरचनागत रूपमा सीमित गर्छ। कम्पनीका अनुसार जर्मसेफ माप्रयोग गरिएको एन्टिब्याक्टेरियल तत्व उत्पादन प्रक्रियाकै क्रममा टायलको ग्लेजमा फायर गरिएको हुन्छ। सतहमाथि मात्र लगाइने कोटिङ वा फिल्म समयसँगै कमजोर हुने सम्भावनाको विपरीत यस्तो विधि अपनाइँदा सतहको कार्यसम्पादन दीर्घकालसम्म प्रभावकारी रहने कम्पनीको दाबी छ।

यो शृङ्खला ग्लेज्ड भिट्रिफाइड टायल (म्याट र ग्लोसी) तथा फुलबडी होमोजिनियस स्वरूपमा उपलब्ध छ। विशेषगरी अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला, व्यावसायिक भान्सा, होटललगायत उच्च स्वच्छता आवश्यक पर्ने क्षेत्रहरूका साथै आवासीय प्रयोगमा पनि यसको उपयोगिता रहने कम्पनीले जनाएको छ।

लामिनारका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने, “जर्मसेफ मार्फत हामी नेपालमै उत्पादन भएको, अन्तर्राष्ट्रिय रूपमा मान्य मापदण्डअनुसार परीक्षण गरिएको भरपर्दो एन्टिब्याक्टेरियल सतह समाधानमध्ये एक प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं। यो पहलले नेपाली निर्माण क्षेत्रमा विश्वस्तरका कार्यसम्पादन मापदण्ड स्थापित गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ।”

जर्मसेफ टायल स्पेसिफिकेशन तथा परियोजना प्रयोजनका लागि तत्काल उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाल मेडिकल शो अवधिभर ल्यामिनारको प्राविधिक टोली स्थलमै उपस्थित रहने र स्वास्थ्य क्षेत्रका पेशाकर्मी, परियोजना परामर्शदाता तथा संस्थागत खरिदकर्तालाई आवश्यक प्राविधिक जानकारी उपलब्ध गराउने बताइएको छ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार  १२ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।