काठमाडौँ । गत २०८३ भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ ।
भदौ २४ गते आयोजित एक विशेष कार्यक्रमका बिच माननीय सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडीले उक्त रकमको चेक माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरीन्।





प्रतिक्रिया