
वोमी लघुवित्तले मंगलबारदेखि सर्लाहीमा मुख्य कार्यलय रहेको दश जिल्ला कार्यक्षेत्र रहेको ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जर गरी एकीकृत कारोबार थालेको छ ।
मर्जरपछि बनेको संस्थाको ७ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान चयन भएकी छिन् । मर्जर सम्झौता बमोजिम बिमला उपाध्याय घिमिरे, नरेन्द्र कुमार प्रसाई, दधिराम पौड्याल, कृष्णराज सिलवाल, शिव प्रसाद मिश्र र भरत सिंह थापा सञ्चालन चयन भएका छन् ।
मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा वोमीका सीईओ प्रमेश आचार्यले नै निरन्तरता पाएका छन् । साविक ग्रामीण स्वयंसेवक लघुवित्तमा कार्यरत दिलिप कुमार पोखरेल एकीकृत वोमी लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहने भएका छन् ।
चैत ३ गते सम्पनन सञ्चालक १६ औं बैठकले समितिको आचार्यलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत र पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न नियुक्त गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया