नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) सँग ७२ घण्टे स्पष्टिकरण सोधेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धीत निकायमा जानकारी नगराई मिडियाबाजी गरेपछि नेप्सेले बैंकसँग ३ दिने स्पष्टिकरण सोधेको हो ।
नेप्सेले बैंकलाई ३० मिलियन डलरको बन्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने शिर्षकको समाचार सम्बन्धमा सत्यतथ्य के हो ? निफ्राले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीलाई बण्ड जारी गर्ने समाचार कति सत्य हो/होइन ? के कति मात्रामा कस्तो छलफल अघि बढाएको हो ? कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धीत निकायमा जानकारी नगराई के कति कारणले प्रचार गरिएको हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा को सँग के कस्तो छलफल भएको हो ? जस्ता प्रश्न सोध्दै तीन कार्यदिनभित्र सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
सीईओ खतिवडाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा चैत १ गते चालु आर्थिक वर्षभित्रै बैंकले ८.५० प्रतिशत ब्याजदरमा लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न राष्ट्र बैंकको स्वीकृति पाइसकेको र बैंकसँग दश प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता रहेको बताएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया