लुम्बिनी जनरलमा डेपुटी सीईओ र कम्प्लायन्स अफिसरमा रोजगारीको अवसर

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्सले रिक्त रहेको दुई पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले डेपुटी प्रमुख कार्यकारी अधिकृत र कम्प्लायन्स अफिसरमा दरखास्त आह्वान गरेको हो ।

डेपुटी प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन दिने उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट एमबिए वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्नेछ । व्यवस्थापकीय तहमा बसेर १० वर्ष कार्य गरेको तथा कपोरेर्ट हाउस, बैंक, फाइनान्सियल संस्थाहरुसँग राम्रो व्यक्तिगत तथा सञ्चार सम्बन्ध भएको उम्मेदवार हुनसपर्ने जनाइएको छ ।

यसैगरी कम्प्लायन्स अफिसरका लागि चार्टड अकाउन्टेन्टमा ३ वर्षको अनुभव भएको, कानुनी विषयमा ज्ञान भएको, इन्स्योरेन्स डाइरेक्टिभस् र इन्टरनल कन्ट्रोलिङ्ग सिस्टममा जानकारी भएको हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत्र १० गतेसम्म दुई वटा पासपोर्ट साइजको फोटो, तथा व्यक्तिगत विवरण (सिभी) आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदक ५० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

तलब तथा अन्य सेवा सुविधा कम्पनीके नियमअनुसार हुनेछ भने आवेदकको योग्यता, लगावका आधारमा समेत निर्धारण हुनेछ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।