सुनको मूल्यमा लगातार तेस्रो दिन पनि गिरावट


काठमाडौँ । यो साता लागेसँगै लगातार नेपाली बजार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो भने आज मंगलबार तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५३६.७६ अमेरिकी डलर र चाँदी ७२.८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।