
सर्वसाधारणको लागि शेयर जारी गर्ने अनुमति माग गर्दै थप दुई कम्पनीले धितोपत्र बोर्डमा आवेदन गरेका छन् । बोर्डका अनुसार पछिल्लो चरणमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स कम्पनीले आइपीओ निष्काशनको अनुमति माग गरेका हुन् ।
बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति माग गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
यस्तै ग्रीन भेन्चर्सले त ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डसंग अनुमति मागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।










प्रतिक्रिया