मिर्मिरे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउने बिहीबारसम्म शेयरधनी बनिसक्नुपर्ने देखिएको छ ।

लघुवित्तले चैत १८ गते आह्वान गरेको १० औं वार्षिक साधारण सभाका लागि चैत ८ गते आइतबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात बिहीबारसम्म कायम शेयरधनीले मात्रध लाभांश पाउनेछन् ।

कम्पनीले पञ्चकन्या बैंक्वेट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजे सभा आह्वान गरेको छ । सभाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

सभाले मिर्मिरेले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा स्वेडाका तत्कालीन संस्थापक शेयरधनीहरुले राखेका कल्स एड्भान्स रकमलाई संस्थापक सेयरधनीको चु्क्ता पूँजीमा समायोजन गर्न र स्वेडालाई प्राप्तिपश्चात संस्थापक शेयर र सर्वसाधारण शेयरपुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्दैछ ।

कल्स इन एड्भान्सको रकम सेयरपुँजीमा समायोजन गर्दा, एफपीओ निष्काशन गर्दा र बोनस शेयर वितरणपश्चात संस्थाको पुँजी वृद्धि हुने भएकोले अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।