उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ निर्वाचित


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे । निर्वाचित श्रेष्ठ हेमराज ढकाल प्यानलबाट वस्तुगततर्फ उम्मेदवार थिए ।

वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्येबाट १३ जना विजयी भएका छन् । विजयी हुने उमेदवारहरुमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान,संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरेले जितेका छन् ।

४ जनाको भने मत बराबरी (५०-५० मत) भएका कारण चिठा प्रणालीबाट मत घोषणा गरिने भएको छ । चिठा प्रणालीमा गएका सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने छन् । यी मध्येबाट दुई जनाले जित्ने छन् ।

वस्तुगत समूहका महिला सदस्यङ्गँ सुनिता न्हेम्हाफुकी बिजयी भइन् ।

एसोसिएटतर्फको मतपरिण आउन बाँकी छ। जिल्ला(नगरतर्फ पनि दुई उपाध्यक्ष चयन भएका छन्। कृष्ण प्रसाद शर्मा ८७ र दिल सुन्दर श्रेष्ठ ८० मत ल्याएर विजयी भए।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  ०७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।