काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलामा एक हजार ८०० रुपैयाँले र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६९६.५ अमेरिकी डलर र चाँदी ७७.६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया