सुनको भाउ तीन लाख नजिक, चाँदी पनि महँगियो


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन लाख नजिक पुगेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेसँगै तीन लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १२० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७१२.५९ अमेरिकी डलर र चाँदी ७९.६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।