सुनको मूल्यमा सामान्य गिरावट, चाँदी महँगियो


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदीको मूल्य भने महँगिएको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६७३.०५ अमेरिकी डलर र चाँदी ८०.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।