प्रतिनिधिसभामा ८ अध्यादेश प्रतिस्थापन विधेयक दर्ता


काठमाडौँ । सरकारले ल्याएका विभिन्न अध्यादेशलाई कानुनी मान्यता दिन प्रतिनिधिसभामा आठ वटा प्रतिस्थापन विधेयक दर्ता गरिएको छ । सोमबार सिंहदरबारस्थित संसद् भवनमा बसेको संघिय संसद प्रतिनिधिसभाको बैठकमा सम्बन्धित मन्त्रीहरूले ती विधेयक पेस गरेका हुन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट तीन वटा अध्यादेशसम्बन्धी विधेयक प्रस्तुत गरिन् । उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धि अध्यादेश र सार्वजनिक खरिद लाई प्रतिस्थापन गर्ने विधेयक सभामा दर्ता गराएकी हुन् । साथै मन्त्री गौतमले केही नेपाल ऐन संशोधनसम्बन्धी अर्को अध्यादेश पनि प्रतिनिधिसभामा टेबल गरिन् ।

यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी अध्यादेश, स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित अध्यादेश तथा शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गरेका हुन् ।

सरकारले यसअघि जारी गरेका अध्यादेशलाई संसद्बाट कानुनको रूपमा पारित गराउने प्रक्रियाअन्तर्गत यी विधेयक प्रतिनिधिसभामा पेस गरेको हो ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।