काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन लाख नाघेको छ । आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर तीन लाख नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ६९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७१०.६७ अमेरिकी डलर र चाँदी ८५.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया