सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा बढोत्तरी


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँदीको मूल्यमा वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७००.०२ अमेरिकी डलर र चाँदी ८६.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।