नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो


काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा कायम भएको छ ।

बुधबार कारोबारमा आएका ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयरहरू ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ३९.४४ अंकले घटेर २७४४.४० अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ पुगेको थियो ।

बुधबारको कारोबारमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबारको कारोबारमा एशियन हाइड्रोपावरको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा एसवाई प्यानल, हिमालयन बैंक बोन्ड, एनआईसी एसिया फण्ड र सेन्चुरी डेभेन्चर रहेका छन् ।

यता, धौवलागिरी लघुवित्तको सेयर मूल्य ११.१७ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा झापा इनर्जी, सिटिजन बैंक डेभेन्चर, रिग्दे लाइन इनर्जी र आरबीबी फोकस रहेका छन् ।

बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा एसवाई प्यानल रहेको छ । एसवाई प्यानलको सेयर २७ करोड ७९ लाख ४६ हजार रुपैयाँको कारोबार हुँदा रिडी पावर कम्पनीको ९ करोड ८५ लाख ९५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । साहस उर्जाको ९ करोड ५८ लाख ७७ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, सोलु हाइड्रोपावरको ८ करोड ३५ लाख ४६ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको ८ करोड २७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।