हिमालयन रिइन्स्योरेन्सले असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न नपाउने


काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ ।

प्राधिकरणको बैशाख २९ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो ।

यद्यपि, प्राधिकरणले साविकमा भइसकेका पुनर्बीमा व्यवसायका लागि गरिने रेट्रोसेसन र पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्यलाई भने यथावत राखेको छ ।

‘बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यस अघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाईएको व्यहोरा प्राधिकरणको मिति २०८३/०१/२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन,’ नेपाल बीमा प्राधिकरणले भनेको छ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार  १२ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।