काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचकका गिरावट आए पनि कारोबार रकम भने वृद्धि भएको छ । बुधबार २ अर्ब ४४ करोडको कारोबार भएकोमा बिहीबार ३ अर्ब २९ करोडको सेयर किनबेच भएको हो ।
बिहीबार कारोबारमा आएका ३३७ कम्पनीका ७९ लाख ५८ हजार ७५२ कित्ता सेयरहरू ४६ हजार ४०२ पटक किनबेच हुँदा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०.२५ अंकमा पुग्दा कारोबार रकम २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबारको कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घट्दा १४ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबारको कारोबारमा युनियन हाइड्रोपावरको सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआईबीएल स्टेबm फण्ड, एनएमबी हाइब्रीड फण्ड र हिमालयन एकाई रहेका छन् ।
यता, एसियन हाइड्रोपावरको सेयर मूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिग्दे लाइन इनर्जी र भुजुङ हाइड्रोपावर रहेका छन् ।
बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा हिमालयन रिइन्स्योरेन्स रहेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर ३७ करोड ६८ लाख २६ हजार रुपैयाँको कारोबार हुँदा साहस उर्जाको १८ करोड ७७ लाख १८ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । एसवाई प्यानलको १८ करोड ५४ लाख ९० हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, युनियन हाइड्रोपावरको १४ करोड ८९ लाख ४४ हजार रुपैयाँको कारोबार हुँदा माउन्टेन इनर्जीको ७ करोड ४८ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया