सुनको भाउ बढ्दा चाँदीमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सोमबार नेपाली बजारमा सुन भाउ बढ्दा चाँदीमा गिरावट आएको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढ्दा चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५४०.३५ अमेरिकी डलर र चाँदी ७५.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।