काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको छ ।
सोमबार कारोबारमा आएका ३३९ कम्पनीका ५८ लाख २८ हजार ६०४ कित्ता सेयरहरू ४३ हजार ३०९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।
सोमबारको कारोबारमा ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घट्दा १८ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबारको कारोबारमा इङवा हाइड्रोपावरको सेयर मूल्य ८.४२ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष ५ मा बुंगल हाइड्रोपावर, सगरमाथा हाइड्रोपावर, एनआइबीएल समृद्धि फण्ड र प्रभु बैंक डेभेन्चर रहेका छन् ।
यता, निफ्रा उर्जा ऋणपत्रको एकाई मूल्य ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा एसवाई प्यानल, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर र बोटलर्स नेपाल शीर्ष ५ मा रहेका छन् ।
सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा साहस उर्जा रहेको छ । साहस उर्जाको सेयर ८ करोड ४३ लाख ८९ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको ७ करोड ३४ लाख ८८ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । एसवाई प्यानलको ७ करोड १३ लाख १२ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, अपी पावर कम्पनीको ६ करोड १६ लाख ५६ हजार रुपैयाँको कारोबार हुँदा शिभम् सिमेन्टको ५ करोड ७९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया