सुनको मूल्य बुधबार स्थीर, चाँदी घट्यो

0
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थीर भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी तोलाको १ हजार २४० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार मंगलबार सुन तोलामा ३०० रुपैयाँले सस्तिँदै छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी भाउ भने प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।