काठमाडौँ । आगामी जेठ ९ गते दरबारमार्गमा १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा आयोजना हुने यस वर्षको कार्यक्रमलाई ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको आयोजकले जनाएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवमा विभिन्न सांगीतिक प्रस्तुति, खानाका स्टल, खेलकुद गतिविधि तथा सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ । कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क रहने आयोजकले जनाएको छ ।
महोत्सवमा जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्डलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । साथै, बालबालिकाका खेल, थ्री एक्स थ्री बास्केटबल, इ–स्पोर्ट्स, फोटो बुथ तथा डिजे प्रस्तुति समेत आकर्षणका रूपमा रहनेछन् ।
काठमाडौंको सांस्कृतिक तथा पर्यटकीय पहिचानका रूपमा स्थापित दरबारमार्ग स्ट्रिट फेस्टिभल यस वर्ष अझ भव्य र उत्साहपूर्ण हुने आयोजकको विश्वास छ ।










प्रतिक्रिया