सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीको स्थीर

0
Shares

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको २ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य शुक्रबार ६ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ तोलाको ८६ हजार ३ सय रुपैयाँ, तेजावी ८५ हजार ८५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँ, तेजावी ८५ हजार ४५० र चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तोलाको १० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार स्थीर बनेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।