उच्च विन्दुबाट झरेको बजारमा बैंकिङ्ग क्षेत्रमा देखियो यस्तो उतारचढाव

0
Shares

गत फागुन ९ गते शेयर बजार परिसूचक नेप्से २६४०.३५ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गर्यो । नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरेको उक्त दिनदेखि चैत १२ गतेसम्म आइपुग्दा नेप्सेसँगै बैंकिङ्ग समूहमा फेरबदल देखिएको छ ।

फागुन ९ देखि चैत १२ गतेसम्म २२ दिनको कारोबारमा समग्रमा बैकिङ्ग सूचकमा ८.६० प्रतिशतको गिरावट देखिएको छ । यसबीचमा नेप्से सूचक २५१.१६ अंक तल झरेर २३८९.१९ विन्दुसम्म झरेको थियो । त्यसपछि बजारमा सुधारको आँउदा चैत १२ सम्म नेप्से सूचक हालसम्मको उच्च विन्दु भन्दा ९१.३९ विन्दु तल अर्थात २५४८.९६ विन्दुमा रहेको छ ।

पछिल्ला २२ कारोबार दिनमा नेप्से सूचक १० दिन बढेको छ भने १२ दिन ओरालो लागेको छ । सबैभन्दा धेरै बढेको दिन ९०.६७ अंकसम्म बढ्दा धेरै घट्दा ७९.७४ अंकसम्म घटेको छ । यस्तै सबैभन्दा कम घटेको दिन ३.३९ अंक ओरालो लाग्दा २.५५ अंक उकालो लागेको छ ।

उच्च विन्दुपछि हालसम्म आइपुग्दा नेपाल बंगलादेश बाहेक सबै वाणिज्य बैंकको शेयर मूल्य घटेको छ। बंगालदेश बैंकको यसअवधिमा १२.९२ प्रतिशतले शेयर मूल्य बढेको छ । पछिल्लो चरणमा नबिलसँग मर्जरको हल्ला चालएपछि यो बैंकको शेयर मूल्य उकालो लागेको हो । अन्य सबै बैंकको मूल्य घटेको छ । सबैभन्दा धेरै सेञ्चुरी बैंकको शेयर मूल्य १५.१७ प्रतिशतले घटेको छ । त्यसपछि क्रमश हिमालयन बैंक, सिभिल बैंक, एभरेष्ट बैंक र एनएमबि बैंकको मूल्य झरेको छ । यी बैंकहरुको शेयर मूल्यमा दोहोरो अंकको गिरावट आएको छ ।

  SYMBOL 2/21/2021 3/25/2021 CHANGE
  NBB 325 367 12.92%
  NCCB 332 325 -2.11%
  NBL 460 432 -6.09%
  SBL 429 401 -6.53%
  KBL 322 300 -6.83%
  BOKL 324 301 -7.10%
  CZBIL 327 303 -7.34%
  LBL 310 287 -7.42%
  MEGA 327 302 -7.65%
  SRBL 338 310 -8.28%
  SANIMA 393 360 -8.40%
  SCB 652 596 -8.59%
  NICA 955 872 -8.69%
  MBL 331 302 -8.76%
  ADBL 473 431 -8.88%
  NIB 504 459 -8.93%
  SBI 450 409 -9.11%
  PRVU 482 438 -9.13%
  NABIL 1355 1227 -9.45%
  PCBL 480 433 -9.79%
  GBIME 475 428 -9.89%
  NMB 473 421 -10.99%
  EBL 834 735 -11.87%
  CBL 263 231 -12.17%
  HBL 568 498 -12.32%
  CCBL 290 246 -15.17%

 

सबैभन्दा कम एनसिसि बैंकको शेयर मूल्य २.११ प्रतिशतले घटेको छ । कम शेयर मूल्य घट्नेमा नेपाल बैंक, सिद्धार्थ तथा कुमारी बैंक लगायत रहेका छन् । एक बाहेक सबै वाणिज्य बैंकहरुको मूल्य घट्दा बैंकिङ्ग समूहको सूचक १६६.०४ अंकले झरेको छ । गत फागुन ९ गते १९२९.५४ अंकमा रहेको बैंकिङ्ग समूहको सूचक चैत १२ गतेसम्म आइपुग्दा १७६३.५० विन्दुमा झरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।