काठमाडौँ । बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको हो ।
बिहीबार कारोबारमा आएका ३५३ कम्पनीका १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयरहरू ५१ हजार ६०१ पटक किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको बजारमा ङ्यादी हाइड्रोपावरको सेयर मूल्य ९.१६ प्रतिशतले बढेको छ । एसबिआई बैंक डेभेन्चरको एकाई मूल्य ७.२१ प्रतिशत, एनआइसी एसिया ऋणपत्रको ५.८० प्रतिशत र नबिल डेभेन्चरको ५.७७ प्रतिशतले बढेको छ ।
यता, एसबिइल डेभेन्चरको एकाई मूल्य १०.४८ प्रतिशतले घट्दा विजय लघुवित्तको सेयर मूल्य ४.६९ प्रतिशत, भगवती हाइड्रोपावरको सेयर मूल्य ४.२७ प्रतिशत, आँखुखोला हाइड्रोपावरको सेयर मूल्य ४.०७ प्रतिशत र होटल फरेष्ट इनको सेयर मूल्य ३.६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एभरेष्ट बैंकको ३४ करोड १ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा आँखु खोला जलविद्युत कम्पनीको ३२ करोड ५ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । सेन्ट्रल फाइन्यान्सको १८ करोड ५२ लाख ६५ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।
चौथोमा नेपाल रिइन्स्योरेन्स कम्पननीको १७ करोड १९ लाख ८९ हजार रुपैयाँको कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ४७ लाख ६ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।












प्रतिक्रिया