नेप्से अपडेट : झण्डै एक अर्बले बढ्यो सेयर कारोबार, कालिन्चोक हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढ्यो


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा कायम भएको छ । आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज झण्डै एक अर्ब बढीको सेयर कारोबार भएको छ । बिहीबार ४ अर्ब ७० करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ६२ करोडको कारोबार भएको हो ।

शुक्रबार कारोबारमा आएका ३५१ कम्पनीका १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयरहरू ५५ हजार ४६७ पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ७० करोड ३३ लाख २६ हजार पुगेकाे थियो ।

शुक्रबार कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको बजारमा उपकार लघुवित्तको सेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ । लक्ष्मी बैंक डेभेन्चरको एकाई मूल्य ७.७० प्रतिशत, बेष्ट फाइनाइन्सकाे सेयर मूल्य ७.५५ प्रतिशत र सिटी होटलको ७.०६ प्रतिशतले बढेको छ ।

यता, होटल फरेष्ट इनको सेयर मूल्य ४.२२ प्रतिशतले घट्दा माबिलुङ इनर्जीको सेयर मूल्य ४.१७ प्रतिशत, रिग्दे लाइन इनर्जीको सेयर मूल्य ३.८३ प्रतिशत, सूर्यकण्ड हाइड्रोपावर र नबिल ब्यालेन्स फण्डको सेयर मूल्य २.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी ५५ करोड ६९ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा सिटी होटलको १९ करोड ५९ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।एनबिबिएल डेभेन्चरको १८ करोड ८६ लाख २० हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । चौथोमा सेन्ट्रल बैंकको १८ करोड ५० लाख २६ हजार रुपैयाँको कारोबार हुँदा रिडी पावर कम्पनीको १५ करोड १६ लाख ८० हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।

शुक्रबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४७ खर्ब १ अर्ब रुपैयाँ कायम भएको छ । बिहीबार बजार पूँजीकरण ४७ खर्ब २० अर्ब रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।