काठमाडौँ । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बिहीबारदेखि काठमाडौँ र चीनको सेन्जेनबिच सिधा उडान सेवा सुरु गरेको छ ।
एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेनस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा दुई सिधा उडानसेवा आरम्भ गरेको जनाएको छ ।
बिहीबार पहिलो उडान राति ९:५९ बजे ९८ यात्रुसहित प्रस्थान गरेको थियो । जुन सेन्जेनको स्थानीय समय अनुसार शुक्रबार बिहान ४:१७ बजे सेन्जेन बाओ आन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । सोही विमान बिहान ६:१२ मा १५७ यात्रुसहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार बिहान ८:२६ मा काठमाडौँ अवतरण गरेको छ ।
काठमाडौँबाट सेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुने छ भने सेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुने एयरलाइन्सले जनाएको छ । उडानले यात्रुहरूको पहुँच वृद्धि गर्दै नेपाल र चीनबिचको लामो समयदेखिको सम्बन्ध अझै मजबुत बनाउने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया