काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार ५३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम बिक्री मूल्य प्रति सेयर ५१५ रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा असार ७ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको सेयरमा बोलपत्र आवेदन फाराम २०० रुपैयाँ नगद भुक्तानी गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।
बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अङ्क र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबुल गरेको सेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।
बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं., आफ्नो खाता रहेको बैंकको नाम र खाता नं., टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लिखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १० को गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नं. (प्यान) आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।
शिलबन्दी खाम बाहिर आवेदनकर्ताले “महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरीद आवेदन“ उल्लेख गरेको हुनु पर्नेछ ।












प्रतिक्रिया