आगामी आवका लागि काठमाडौँ महानगरले ल्यायो २५ अर्बको बजेट


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अागामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ ।

महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट पारित गरेको थियो । महानगरले आगामी आव २०८३÷८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यस्तो उल्लेख गरेकी हुन् ।

‘आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ,’ कार्यवाहक मेयर डंगोलले भनिन्, ‘जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजारको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजारको स्रोत अनुमान गरिएको छ, त्यसैगरी जनसहभागिता बापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।