काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा बिहान १० बजे सातौँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले एफपीओ निष्काशन गर्ने, सोपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ ।










प्रतिक्रिया