सुनचाँदीको साप्ताहिक समीक्षा : सुन तोलामा ३ हजार र चाँदी ९५ रुपैयाँले घट्यो


काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनचाँदीको मूल्य घटेको हो ।

साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्ममा सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । गत साता सुनको भाउ तोलामा करिब ७ हजारले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा पुगेको थियो ।

सोमबार पनि सुनको मूल्यमा गिरावट आएको थियो । सोमबार सुन तोलामा ९०० रुपैयाँले घटेसँगै प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो । बुधबार पनि सुनको मूल्यमा गिरावट आएको थियो । बुधबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार एकैदिन सुन तोलामा २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनमा वृद्धि भएको थियो । शुक्रबार सुन तोलामा २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा ९५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने चाँदी तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।

विश्व बजारमा उत्पन्न द्धन्दको प्रभाव, अमेरिकी रिजर्भ बैंक फेडले गरेको नीतिगत परिवर्तनका कारण सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।